इलाम-२ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम

मंगलबार, चैत १३, २०८०

इलाम- इलाम-२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।

वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ्ग, यामनाथ भण्डारी र लालबहादुर डांगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।

 

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रविन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्