अझै भेटिएनन् कर्णाली पुलबाट हाम फालेका युवक, गोताखोर परिचालन गरिँदै

मंगलबार, चैत १३, २०८०

कैलाली- कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही अझै फेला परेका छैनन् ।

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार १७ जना हाम फालेका थिए । तीमध्ये शाही बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बेपत्ताको खोजी जारी रहेको र गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जानकारी दिए ।

होली खेलेपछि कर्णाली पुलबाट एक/एक गरेर १७ जनाले हाम फालेका थिए । १६ जना भने सकुशल निस्किए।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्