न्यौपानेलाई २५ करोड ६९ लाख जरिवानासहित ३ वर्ष कैद सजाय

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी जानकारी दिए ।

इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको रेग्मीले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्