इलाम-२ मा जनमतले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार

सोमबार, चैत १२, २०८०

काठमाडौँ- जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको थियो ।

 

आफूलाई जनमतले आधिकारिक उम्मेदवार बनाएपछि थाम्सुहाङ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रचारमा हिँडिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार