कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

सोमबार, चैत १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायलाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायलाई मनोनित गरेका हुन् ।

कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाय हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्