साेमबार बढ्यो सुनको भाउ

सोमबार, चैत १२, २०८०

काठमाडौं - सुनचाँदीको मूल्य बढेको छ ।  सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
 


 
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्