मस्कोमा आतंककारी आक्रमणमा मर्नेको संख्या ११५ पुग्यो

शनिबार, चैत १०, २०८०

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मर्नेको संख्यामा १ सय १५ पुगेको छ । आक्रमणबाट घाइते भएकाहरुको संख्या १ सय ८७ भन्दा बढी रहेको रूसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ । का अनुसार छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ । घटनामा संलग्नको आरोपमा ४ जना पक्राउ परेका छन् ।

आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्