तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

शनिबार, चैत १०, २०८०

काठमाडौँ- तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् । म्याग्दे ६ शेराटारमा काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो । 

बसमा २६ जना यात्रु सवार थिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् ।

उनीहरूको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्