‘सी’ डिभिजन लिगको 'ड्र' सम्पन्न

शनिबार, चैत १०, २०८०

‘सी’ डिभिजन लिगको 'ड्र' सम्पन्न भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार 'ड्र' सम्पन्न भएको हो । उक्त कार्यक्रममा एन्फाका पदाधिकारी, लिगको डिजिटल राइट्स लिएको एमडीएसीका प्रतिनिधि र क्लबका प्रतिनिधिले सहभागिता जनाएका थिए । 

चैत २२ देखि हुने प्रतियोगितामा पहिलो खेल आरसी ३२ फुटबल एकेडेमी र खालीबारी युवा फुटबल क्लब बिच खेल हुनेछ । १४ क्लबको सहभागिता रहने प्रतियोगितामा जेठ तेस्रो साता सकिनेछ। 

 

184951711105980-1711173912.jpg

 

633461711105982-1711173912.jpg

 

816551711105984-1711173912.jpg

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्