मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

शुक्रबार, चैत ९, २०८०

काठमाडौं- सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । तर त्यस आयोगले समस्या समाधान नगरेको भन्दै पीडितहरुले काठमाडौं आएर विरोध गरेपछि सरकारले नयाँ आयोग बनाएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्