चूडामणि पौडेल सचिवमा बढुवा

बिहीबार, चैत ८, २०८०

काठमाडौँ- सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार(आज) बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा. हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो । 

दुई भन्दा बढी सचिव पद रिक्त रहे पनि गुपचुपमै डिसमिस पार्ने योजनाअनुसार लामो समयसम्म बढुवाबारे अन्यौलता कायम रहँदै आएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्