प्रि ओपन सेसन अपडेट : साढे १ अंक बढ्यो नेप्से

बिहीबार, चैत ८, २०८०

काठमाडौ - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३७ स्टकको २७ लाख २५ हजार २८९ रुपैयाँ ३० पैसाबराबरको ३ हजार ६८६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्