काँग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ : रघुजी पन्त

बुधबार, चैत ७, २०८०

काठमाडौँ - नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रश्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताउनु भयो । उहाँले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जुन हिजो आवाज उठाउनेमध्ये एक म पनि थिएँ । मेरो प्रमाण र आधार थिए । मैले नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म अख्तियारले बोलाएपछि सबै मन्त्रीहरु राजीनामा दिएर मात्रै बयान दिन गएका थिए । मैले नाम र प्रमाणसहित राखेको थिएँ । संविधानमा, कानूनमा नलेखे पनि राजनीतिक मोडालिटीमा पञ्चायत, बहुदलमा पनि चलेको थियो र अहिले पनि चल्नुपर्छ । त्यस्तो कुरा उल्लंघन गर्नु हुँदैन । प्रकाश ज्वालाजीको राजीनामाको कुरा मैले धेरै जोडले उठाएको थिइन तर त्यो बेलाको सरकारले स्वयं आयोग गठन गरेको हो, हामीले गठन गर भनेको होइन । सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छ ? प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो । हिजो हामीले ठाउँमा प्रशस्त आधारहरु थिए, त्यस्तै आधार बलियो, आधार प्रमाण राजनीतिक तर्कहरु अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई नमान्ने भन्ने हुँदैन तर मुढाग्रह र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले उठाउनु हुँदैन ।’

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्