आईसीसी अध्यक्ष बार्कलेले भने-‘नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित छु’

बुधबार, चैत ७, २०८०

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेटको विद्यमान अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् । उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि उल्लेख गरेका छन् ।

नेपाल भ्रमणमा रहेका आईसिसी अध्यक्ष बार्कलेले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, खेलकुदमन्त्री र प्रधानमन्त्रीलाई भेटेँ । नेपाली क्रिकेटको भविष्यलाई लिएर केही सकारात्मक प्रभाव परेको छ ।’ उनले प्रगति भइरहेको र भविष्यमा पनि नेपाली क्रिकेटको प्रगति हुनेमा विश्वास व्यक्त गरे ।

उनले प्रगति भइरहेको र भविष्यमा पनि नेपाली क्रिकेटको प्रगति हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो नेपाल भ्रमणले नेपाल क्रिकेट संघ र आईसीसी दुवैलाई फाइदा पुग्ने पनि बताएका छन् । उनले क्रिकेटको विकाशका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको पनि बताए ।

‘आईसीसीका प्रतियोगिता र दुई देशीय शृङ्खलाहरू आयोजन गर्न स्तरीय पूर्वाधारहरू चाहिन्छ’, उनले भने । बार्कलेले प्राक्टिस मैदान, लाइट र हाइपर्फमेन्स एरियालगायत न्यूनतम आवश्यकताहरू भएको औँल्याए ।

उनले नेपालका मैदानहरूबाट आफू खुसी भएको र तर ठुला टिम र प्रतियोगिताहरू आयोजना गर्न त्यसमा अझै कामहरू गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने भन्दै आईसीसीलाई पनि सहकार्यका लागि आग्रह गरेको बार्कलेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्