सुनको मूल्य स्थिर

बुधबार, चैत ७, २०८०

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।  

यसैबीच बुधबार चाँदीको मूल्य सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्