पूर्वकप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास

मंगलबार, चैत ६, २०८०

काठमाडौं - नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।


‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’ उनले भनेकी छन् ।

नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक २००७ मा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उनले एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन् ।

नेरीको कप्तानीमा नेपाली यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो। नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्