नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले

सोमबार, चैत ५, २०८०

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत आएका थिए ।

बार्कले चैत ८ सम्म नेपालमा बस्नेछन् । नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्