सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा

सोमबार, चैत ५, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका काठमाडौँको प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १४ फागुनमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्