विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह

आइतबार, चैत ४, २०८०

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा लेखेका छन्, “रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ ।

उनले भने, “घना बस्ती भएको यस क्षेत्रमा हिंसाको थप वृद्धिले धेरैको मृत्यु र पीडा निम्त्याउनेछ । विशेषगरी स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेका छन् । आक्रमणपछि यहाँको स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुनेछ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले यो मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै इजरायललाई सैन्य अभियान अघि नबढाउन र ‘मानवताको लागि’ शान्तिको बाट तय गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्