राजधानीमा जापानी चलचित्र महोत्सव

शुक्रबार, चैत २, २०८०

काठमाडौँ  - हरेक वर्ष मार्च १५ मा मनाईने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा ‘जापानी चलचित्र महोत्सव ’ आजबाट सुरु भएको छ । 

जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपाल ९जाल्टान० को सहयोगमा आज र भोलि सञ्चालन हुने महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा पहिलो दिन दुई र दोस्रो तीन चलचित्र प्रदर्शन गरिने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

उनले भने, “यो महोत्सव नितान्त जापानिज भाषा र साहित्यलाई प्रवद्र्धन गर्न गरिएको हो । यसक्रममा केही भाषासम्बन्धी कक्षा पनि हुनेछन् तर मुख्यतः चलचित्र प्रदर्शन नै हो ।” अङ्ग्रेजी ‘सबटाइटल’सहित राष्ट्रिय नाचघरमा ‘कि अफ लाइफ, टाइम स्कुप हन्टर, सिओरी, नेको निन्जा, कामोमी डिनर’ नामका चलचित्र प्रदर्शन गरिने छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्