प्रचण्डको ब्रिफिङ- कांग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन पर्यो

शुक्रबार, चैत २, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन गर्नु परेको ब्रिफिङ पार्टीको स्थायी समिति बैठकमा गरेका छन् ।

आन पार्टी कार्यालय पेरिसडाँडामा  बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसले असहयोग गरेको र एमालेले विगतप्रति रियलाइजेसन सहित सहकार्यका लागि हात अघि बढाएपछि गठबन्धन परिवर्तन गर्ने स्थिति बनेको बताएका हुन् । 

उनले भनाई उदृत गर्दै एक नेताले भने, ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । कोशीमा हामीले पटकपटक धोका पायौं । त्यसैले यहाँबाट अघि बढ्न नसक्ने निष्कर्ष निकालेर मैले नयाँ कदम चालेको हुँ ।’

उनले महासमितिको बैठकमा पनि हिन्दू धर्मको पक्ष वकालन गर्दै संविधानविरोधी काम भएको बताए ।

उनले थपे, ‘कांग्रेससँगको गठबन्धनबाट राष्ट्रियताको न संरक्षण हुन्छ न समाजवादउम्मुख काम हुन्छ । त्यसैले एमालेसहितको नयाँ समीकरण थालेका छौं । यो हामीले लामो गृहकार्यपछि थालेकाले यहाँ समस्या हुँदैन ।’

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्