प्रचण्ड, ओलीसँग माधव नेपालको लिखित सहमति, ५ दलीय गठबन्धन बन्यो

मंगलबार, फागुन २९, २०८०

काठमाडौं– औपचारिक रुपमा नेकपा एकीकृत समाजवादीले लिखित सहमति गरेपछि सत्ता गठबन्धन ५ दलीय बनेको छ। यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच ८ बुँदे सहमति भएको थियो। 

नेकपा एकीकृत समाजवादी समेत लिखित सहमतिमा आएपछि अब औपचारिक रुपमा गठबन्धन ५ दलीय बनेको हो। अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेपछि पावर शेयरिङमा कुरा मिलेको एकीकृत समाजवादीका नेता बताउँछन्। 

यो सहमतिसँगै राष्ट्रिय सभामा माओवादीका नारायण दाहाललाई मतदान गर्न माधवकुमार नेपाल राजी भएका छन् भने प्रधानमन्त्री प्रचण्डलाई बुधबार विश्वासको मत समेत दिइनेछ। 

५ दलीय गठबन्धनमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५३ सांसद पक्षमा देखिएका छन्। सरकार चलाउन यो पर्याप्त बहुमत हो। 

यसबाहेक गठबन्धनमा जनमत र नागरिक उन्मुक्ति पार्टी समेत आउने तयारीमा छन्। तर, ग्यारेन्टी भइसकेको छैन।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार