१० खर्बले बढ्यो विद्युतीय प्रणालीमार्फत हुने कारोबार

सोमबार, फागुन २८, २०८०

काठमाडौँ- विद्युतीय प्रणाली मार्फत हुने कारोबार तीन महिनामा करिब १० खर्बले बढेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा मात्रै १० करोड ४८ लाख ६५ हजार ३३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

गत कार्तिक महिनामा मात्रै ३५ खर्ब ४६ अर्ब ७३ करोड २० लाख रुपैयाँको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो । जुन माघ मसान्तसम्म आइपुग्दा करिब १० खर्बले बढेको छ ।

माघ महिनामा मात्रै सबैभन्दा बढी २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको ‘आरटीजीएस’ प्रणालीमार्फत कारोबार भएको छ । ‘आरटीजीसी’ प्रणाली भनेको ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्