७ महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

आइतबार, फागुन २७, २०८०

काठमाडौं- नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिना अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो।

यो अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो।

यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्