राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने निर्णय, पराजित हुने स्थितमा को होला उम्मेदवार?

शनिबार, फागुन २६, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुन २९ गते हुने राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। 

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेसबाट कृष्ण सिटौलाले उम्मेदवारी दिने अहिलेसम्म यकिन भए पनि अन्तिम अवस्थामा अर्को नाम पुग्न सक्ने समेत सम्भावना छ।

सत्ता गठबन्धन फेरिएसँगै सिटौलाको जित हुने सम्भावना कम रहेको छ। यद्यपि उम्मेदवारबारे आधिकारिक निर्णय नभएको कांग्रेस नेता बताउँछन्। बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार उम्मेदवारी दिने निर्णयचाहिँ भएको छ। 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको ६ बर्षको कार्यकाल सकिएको छ।
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्