नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

मंगलबार, फागुन २२, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्ड्सका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्