महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड

सोमबार, फागुन २१, २०८०

सुर्खेत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।

वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन्।

सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन् ।

विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताइन् ।

यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताइन् । उनले प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्