क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

शुक्रबार, फागुन १८, २०८०

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन् ।

क्युबेकको बाइ–कोमोमा मजदुर वर्गको परिवारमा जन्मेका मुलरोनीले राजनीति विज्ञानका विद्यार्थीका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । कन्जरभेटिभ राजनीतिमा उनको प्रारम्भिक संलग्नतामा प्रधानमन्त्री जोन डिफेन बेकरको सल्लाहकारको रूपमा उनको सेवा सुरु भएको थियो ।

सन् १९७६ मा सङघीय प्रगतिशील कन्जर्भेटिभ नेता बन्ने आफ्नो प्रारम्भिक प्रयासमा पराजयको सामना गर्नुपरेको थियो । प्ररम्भिकि यात्रामा जो क्लार्कसँग हारेका मुलरोनीले हारबाट पाठ सिक्दै राजनीतिमा नै रहने दृढता व्यक्त गरेको सिटिभीले जनाएको छ ।

सन् १९८४ को सङघीय अभियानको विजयले क्यानाडाको १८ औँ प्रधानमन्त्रीको रूपमा मुलरोनीको स्थान सुरक्षित बनाएको थियो ।
मुलरोनीको नौ वर्षको प्रधानमन्त्री कार्यकाल शक्ति र विभाजन दुवैको विशेषता थियो । उनले मिच लेक र शार्लटटाउन एकोर्डजस्ता पहलहरूमार्फत क्युबेकलाई संवैधानिक तहमा ल्याउन महत्वपूर्ण प्रयासहरू गरे। यद्यपि दुवै प्रयास असफल भएका थिए ।

विश्वव्यापी मञ्चमा, मुलरोनीले रङ्गभेदको सक्रिय रूपमा विरोध गर्दै क्यानाडाको अन्तर्राष्ट्रिय प्रभाव बढाएका थिए । उनले रङ्गभेदविरोधी अभियान अन्तर्गत दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्