काठमाडौँमा न्याय मार्चपास

सहकारी र मिटरब्याज पीडितद्वारा काठमाडौँमा मार्चपास जारी

आइतबार, फागुन १३, २०८०

काठमाडौँ– सहकारी र मिटरब्याज पीडितहरुले सरकारले आइतबारपनि काठमाडौँमा मार्चपास गरेका छन् ।  

आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनमा रहदा पनि समस्या समाधान नभएको भन्दै काठमाडौँ आएका उनीहरुकाले आइतबार भृकुटिमण्डप, शान्तिबाटीका लगाएतका क्षेत्रमा मार्चपास गरेका हुन् ।

meter-byaj-pidit3-1708866201.JPG

सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका माग अघि सारेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्