इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : राष्ट्रसङ्घ

शनिबार, माघ २७, २०८०

उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।

यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताएका हुन्।

संयुक्त राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ ।

लजारिनीले उत्तरमा करिब तीन लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गरे ।

गाजास्थित सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले निरन्तर घेराबन्दी र खाना, पानी र पोषणलाई प्रवेश गर्नबाट रोकेको कारण पिठो चामललगायतका सामानहरू सकिइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्