शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

शुक्रबार, माघ २६, २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् ।

सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताए ।

एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउदै उनले विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकिकरणको बन्धन भएको बताए ।

युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उनले बताए ।

कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उनको धारणा थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्