गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३ सय ६५ पुग्यो

सोमबार, माघ २२, २०८०

काठमाडौं- गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३ सय ६५ पुगेको छ । साथै ६६ हजार ६सय ३० जना घाइते भएका छन् ।

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १सय २७ प्यालेस्टाइनी मारेको र १सय ७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताए ।

अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग एक हजार २ सय इजरायलीको ज्यान गएको छ ।  एजेन्सी

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्