१५ औं तलाबाट दुई बालबालिकालाई फ्याक्ने चीनिया दम्पतिलाइ मृत्युदण्ड

शनिबार, माघ २०, २०८०

बेइजिङ- दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फाल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ ।

दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी ठहर भएका थिए ।

झाङले येसँग सम्बन्ध राख्दै श्रीमतीलाई डिभोर्स दिएपछि छोराछोरीलाई मार्ने षड्यन्त्र गरेको बताइएको छ । चीनको सर्वोच्च अदालतले यो जोडीले क्रूर तरिकाले दुई बालबालिकाको हत्या गरेको जनाएको थियो ।

जोडीलाई बुधबार चीनको दक्षिणपश्चिमी चोङचिङ सहरमा मृत्युदण्ड दिइएको बताइएको छ ।

चीनमा प्रायः घातक सुई वा फायरिङ स्क्वाडमार्फत् मृत्युदण्ड दिइन्छ । झाङले सन् २०२० को फेब्रुअरीमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार