मधेस सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

मंगलबार, माघ ९, २०८०

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

याे सँगै जनमतका मन्त्रीहरुले पदबाट राजीनामा समेत दिइसकेका छन् । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्