प्रहरी समायोजनमा आईजी कुँवरको प्रोत्साहनपूर्ण प्रस्तावः प्रदेश जानेलाई ५ ग्रेड थप

बिहीबार, माघ ४, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको समायोजन प्रक्रिया १५ दिनसम्म सक्नका लागि निर्देशन दिए लगत्तै काम अगाडि बढेको छ। 

समायोजनमा जान चाहने प्रहरी अधिकारीलाई दुई ग्रेड थपको प्राबधानले नहुने भन्दै प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले प्रोत्साहनपूर्ण प्रस्ताव अगाडि सारेका छन्। 

आईजी कुँवरले प्रदेशमा समायोजन हुने प्रहरी अधिकारीका लागि ५ ग्रेड थप हुनुपर्ने प्रस्ताव गरेका हुन्। 

समायोजनमा जान तल्ला दर्जाका प्रहरी अधिकारी इच्छुक भए पनि अफिसर लेभलमा चुनौति रहेको बताइन्छ। समायोजनको विषयका सन्दर्भमा प्रहरीका कतिपय पूर्वअधिकारीले वैज्ञानिक हिसाबले गर्नका लागि सुझाव दिएका छन् भने कतिपयले समायोजन आवश्यक नरहेको पनि टिप्पणी गरेका छन्। 

कर्मचारी समायोजनका क्रममा भने संघ बाट प्रदेशमा जाँदा एक ग्रेड थपिएको थियो। 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्