केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

बुधबार, माघ ३, २०८०

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई मोबाइल नम्बरइमेल ठेगानामा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्