इन्स्पेक्टर चौधरीलाई एआईजी थापाले लगाइदिए फूली

मंगलबार, माघ २, २०८०

काठमाडौं– उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाले इन्स्पेक्टरमा बढुवा भएका रमानन्द चौधरीलाई दर्ज्यानी चिन्ह (फूली) लगाइदिएका छन्। 

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एक समारोहको आयोजना गरी फूली लगाइएको हो। कार्यक्रमको प्रमुख अतिथि एआईजी थापा रहेका थिए। 

चौधरीको बढुवा पुस २५ गते भएको थियो। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ को २ क (ख) बमोजिम पदोन्नती गरिएको थियो।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्