पेट्रोलियम पदार्थ

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

सोमबार, माघ १, २०८०

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले आज मध्यराति १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि नेपाली बजारमा पनि मूल्य घटाएको निगम जनाएको छ ।

मूल्य घटेसँगै निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा,  डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । 

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ,  डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।

NOC_2080_10_01-1705330373.jpg

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार