बमजन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमा ?

बिहीबार, पुस २६, २०८०

काठमाडौं -  धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बमजनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागी आफू अर्को रुख रोप्न हिडेको बताएका छन् ।

तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। लिटिल बुद्ध भनेर समेत चिनिने बमजनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

‘बमजन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमा ? झोलामा कि सुटकेसमा ? कि बोरामा ? हजारको कति वटा पाँच सयको कति ?,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो ! अब त्यो पैसा के हुन्छ ? सुनको खटिया बनाउँदै छ कि अस्ति अस्ति को ? कि के हो ?।’

पैसाको बारेमा टिप्पणी गरेका साम्पाङले अन्त्यमा ध्यानको प्रसंग पनि उठाए। ‘कुदेँ म त बिरुवामा पानी हाल्नु !,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन ?’

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्