आईजी कुँवरको घोषणा– अब प्रहरीमा आर्थिक अपराध हेर्ने अलग ब्युरो

आइतबार, पुस २२, २०८०

काठमाडौंनेपाल प्रहरीले आर्थिक अपराध हेर्ने अलग ब्युरो स्थापना गर्ने भएको छ। प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले बैंकिङ कुसरसहितका बित्तिय अपराध अनुसन्धानका निम्ति अलग ब्युरो स्थापना गर्ने बताएका हुन्।

प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षाका क्रममा आइतबार आईजी कुँवरले यस्तो घोषणा गरेका हुन्। त्यसका लागि गृहकार्य अगाडि बढेको पनि उनले जानकारी दिए।

देशको अर्थतन्त्रमा नै असर पार्नेगरी दुई सय प्रतिशत भन्दा बढीले आर्थिक अपराध बढ्नु राम्रो सूचक नभएका कारण पनि त्यसलाई अझ मिहिन अनुसन्धानका लागि फरक ब्युरोको गृहकार्य अगाडि बढाइएको आईजी कुँवरको भनाई थियो।

उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुर्व्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे।

प्रहरीमा अहिले मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साई ब्युरोलगायत छन्।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार