प्रधानमन्त्रीले एकवर्षे ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्छ : नेता कोइराला

बुधबार, पुस ४, २०८०

बिराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरुको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले एकबर्षमा आफुले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

नेता कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए । उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए । कोइरालाले एनसेल प्रकरणले राजनैतिक दलका नेताहरु, कर्मचारी र व्यापारीहरुको नेक्सस सार्वजनिक गरेको बताए ।

उनले नेपालमा भइरहेका ठुलाठुला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्