किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

बुधबार, पुस ४, २०८०

काठमाडाैं- किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो।

सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको बताइन्।

उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्