दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा

बिहीबार, मंसिर २८, २०८०

काठमाडौँ- पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलहीमा सजिएकी छिन् । उनीले आज (बिहीबार) सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्