Nic Ad Nic Ad
Nic Ad Nic Ad
अमेरिका सपना

हिरोइनको अमेरिका सपनाको साहरा सन्तानः निशा जन्माएर फर्किइन्, रेखा जन्माउन पुग्ने!

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं– नेपाली रङ्गमञ्चदेखि राजनीतिमा समेत जमेका कतिपय अभिनेत्रीको अमेरिका सपनाको साहारा सन्तान बन्न थालेका छन्।

samridhi jewllers

पछिल्लो पटक गर्भवती रहेकी अभिनेत्री तथा राप्रपा नेत्री रेखा थापा सन्तान जन्माउनका लागि नै अमेरिका जान लागेको चर्चा चलेको छ। अरु कसैले नभएर ‘रजतपट अंकल’ले यस्तो खुलासा गरेका हुन्।

थापा स्वयम्ले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन्।

कतिपय अभिनेत्री अमेरिकामा सन्तान जन्माएर सेटल समेत भइसकेका छन्। केही भने सन्तान उता जन्माएर नेपाल फर्किएका पनि छन्। बेलामौका जाने आउने गर्छन्।

यसअघि अभिनेत्री निशा अधिकारीले पनि अमेरिकामा सन्तान जन्माएकी थिइन्।

अमेरिकामा नै रहेकी युना उप्रेती भने उतै सेटल भइसकेकी छन्। अन्य कतिपय मोडल गायकले पनि यो क्रमलाई निरन्तरता दिए।

अमेरिकामा जन्मिएको सन्तान त्यहाँको नागरिक हुँदा आफूले पनि ग्रीन कार्ड पाउने भएपछि यस्तो हुन थालेको दाबी गरिन्छ।

अमेरिका प्रस्थान गरेका महिलाहरुले अमेरिका पुगेर सन्तान जन्माउँदा त्यहाँका नागरिकता पाउने गर्छन्। सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा पनि नेपाली फिल्म क्षेत्रका अभिनेत्रीहरु नेपालमा गर्वभती भएर अमेरिका पुगेर बच्चा जन्माउने गरिरहेको विवरण यसअघि पनि सार्वजनिक नभएका होइनन्।

गायिका निशा सुनारले पनि नेपालमा सुटुक्क शंकर बिसीसँग बिहे गरेर अमेरिका सन्तान जन्माएर बसेको बताइन्छ।

विदेशी महिला जन्म पर्यटनका लागि आउने गरेको पत्तो लगाएर अमेरिकाले भिसामा नयाँ नियम लागू गरेको थियो।

केही बर्षअघि भिसासम्बन्धी नियम लागू गरेको अमेरिकी विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको जनाएको थियो।

नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्ने हुन्छ।

अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका थिए।

अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ जसलाई तत्कालिन राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेका थिए।

ट्रम्पले अमेरिकामा आप्रवास कम गर्ने नीति लिँदै ’त्यहाँ जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुने’ संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका थिए। त्यसपछि नयाँ नियम बनेको थियो।

तर ट्रम्प अहिले सत्तामा छैनन्। जो बाइडेनको नीति भने अलिक खुकुलो रहेका कारण गर्भवतीका लागि अमेरिकामा बच्चा जन्माउन सहज हुन सक्ने अनुमान गरिन्छ।

नियमपछि भिसा अधिकारीहरूलाई कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै देखिएका खण्डमा भिसा नदिन सक्ने थियो।

स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्ने नियम बनाइएको थियो।

अमेरिकामा भ्रमण गरिरहेकाले कति बच्चा जन्माउँछन् भन्ने यकिन तथ्याङ्क छैन तर केही समूहले अनुमानित सार्वजनिक गरेका थिए।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार सन् २०१७ मा करिब १०,००० बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मिएका थिए।

सन् २००७ मा त्यो संख्या ७,८०० थियो।

आप्रवासमा कडा नियमका लागि वकालत गर्ने सेन्टर फर इमीग्रेशन स्टडीजले सन् २०१६ को पछिल्लो छ महिना र सन् २०१७ को पहिलो छ महिनाबीचको एक वर्षमा ३३,००० बच्चाहरू जन्मेको बताएको थियो। त्यसयताका आधिकारिक तथ्यांक प्राप्त हुन सकेका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्