टिकटक प्रतिबन्ध विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

मंगलबार, मंसिर १९, २०८०

काठमाडौँ- टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ भएका छन्। सर्वोच्च अदालतमा आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए। ती रिटमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार