प्रहरीकाे पदस्थापन

प्रहरीका पाँच एसएसपीको पदस्थापन [सूचीसहित]

बिहीबार, मंसिर ७, २०८०

काठमाडौँ - नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदस्थापन गरिएको छ । 

गृह मन्त्रालयको गत मंसिर ५ गतेको निर्णयबाट प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएकालाई बिहीबार विभिन्न कार्यालयमा पदस्थापन गरिएको हो । 

प्रहरी वरिष्ठ उपरीक्षकमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गरिएको थियो । बढुवा भएका एसएसपीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले  दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

पदस्थापन सूची 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्