महिला टी–२० सिरिजः आज नेपाल र जापान भिड्दै

आइतबार, मंसिर ३, २०८०

काठमाडौं - चारदेशीय महिला टी–२० सिरिज अन्तर्गत आज नेपालले तेस्रो स्थानका लागि जापानविरुद्ध खेल्दै छ।

नेपाल समूह चरणका खेलमा एक जितसहित तेस्रो र जापान चौथो भएपछि तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन्।

नेपालले जापानलाई नै शनिबार पराजित गरेको थियो भने नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो। नेपालले जापानसँग नेपाली समय अनुसार सवा ७ बजेदेखि खेल्दै छ।

त्यस्तै हङकङले सबै तीन खेल जितेर पहिलो हुदै र तान्जानिया २ जितसहित दोस्रो हुदै फाइनलमा पुगेका छन्। आज उपाधिका लागि फाइनलमा हङकङ र तान्जानियाबीच हुदै छ। फाइनल खेल पौने १२ बजेदेखि शुरु हुदैछ।

 

 

 


   

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार