प्रहरीका ५ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

शनिबार, कात्तिक २५, २०८०

काठमाडाैं - शुक्रबार बसेको बढुवा समितिले नेपाल प्रहरीका ५ जना  प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएको छ ।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा सिफारिस भएको छ।

एसएसपी मधुसुदन लुइँटेलले राजीनामा दिएपछि रिक्त भएको पदमा समेत बढुवा सिफारिस गरिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्