विवादीत युट्युबर मनोज मानव पक्राउ, महेश बस्नेतको चरित्र हत्या मुख्य कारण

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौंविवादीत युट्युवर मनोज मानव भनिने मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो। पछिल्लो समय नेकपा एमालेका युवा विभाग इन्चार्ज महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा उनका पोस्ट आएका थिए।

टिकटक र फेसबुकमा बस्नेतको चरित्र हत्या गरेका कारण उनलाई पक्राउ गरेको अनुमान गरिए पनि प्रहरीले कारण खुलाएको छैन। उनले चरित्र हत्या गरेकी एक जना महिलासँग संवादका क्रममा गालीबेइज्जती समेत गरेको अडिओ सार्वजनिक भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्