नेतालाई पिएसओ सौख कि आवश्यकता?

गगन थापा, महेश बस्नेतदेखि बिना मगरसम्मका पिएसओ तानियो, कुन–कुन नेताले लिएका थिए?

बुधबार, कात्तिक २२, २०८०

काठमाडौंप्रहरी प्रधान कार्यालयले विभिन्न नेताहरूको पिएसओ फिर्ता तानेको छ। ४५ भन्दा बढी नेताका लागि खटिएका ५८ जना प्रहरी कर्मचारी प्रधान कार्यालयले फिर्ता तानेको हो। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि माओवादी नेत्री, पूर्वमन्त्री तथा प्रधानमन्त्री प्रचण्डकी बुहारी बिना मगरसम्मका पिएसओ हटाइएको हो।

पूर्वमन्त्रीहरू गोकुलप्रसाद बाँस्कोटा, गिरिराजमणि पोखरेल, खड्गबहादुर विश्वकर्मा, महेश बस्नेत, मणिचन्द्र थापा, प्रभु साह, लेखराज भट्टका पिएसओ पनि हटाइएको छ।

यसैगरी, पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, राम कार्की, पार्वत गुरुङ, जुलीकुमारी महतो, शिवमाया तुम्बाहाम्फे, पद्माकुमारी अर्याल, हृदयेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, प्रदीप ज्ञवाली, अनिलकुमार झा, लक्ष्मणलाल कर्णका लागि पनि पिएसओ खटाइएको थियो।

विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, उमाशंकर अरगरिया, नैनकला थापा, वसन्तकुमार नेम्वाङ, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, आशाकुमारी विकको पनि फिर्ता गरिएको छ।

पूर्वमन्त्रीले पनि पदबाट हटेको दुई वर्षसम्म मात्र पिएसओ पाउने सुविधा छ।

पूर्वअर्थराज्यमन्त्री तथा हाल लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त भएका ल्यारक्याल लामाको पनि फिर्ता भएको छ।

पूर्वसांसद रेशम चौधरीको पनि नियमविपरीत भएकाले फिर्ता गरिएको प्रहरीले जनायो।

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, लोकसेवा आयोगकी पूर्वसदस्य विन्दा हाडा, लोकसेवा आयोगका पूर्वसदस्य अशोककुमार झा, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पिएसओ पनि फिर्ता गरिएको हो। 

स्वर्गीय पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको घरमा पनि सुरक्षाकर्मी कार्यरत रहेकाले उनीहरूलाई पनि फिर्ता गरिएको प्रहरीले जनायो।

प्रहरी कर्मचारीलाई पिएसओका रुपमा राखेर नेताले अन्य काम पनि लगाउने गरेका थिए। कतिपय भने राम्रो ठाउँमा सरुवा वा मिशनमा समेत जान पाइने रहरले पनि पिएसओ बस्न रुचाउने गरेको पाइन्छ।

यता कांग्रेस महामन्त्री थापाले भने पिएसओ तानिए पनि सुरक्षा खतरा रहेको भनी पुनः फिर्ता गरेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार साँच्चै सुरक्षा खतरा रहेका नेताका हकमा अवस्थाको विश्लेषण गरी पिएसओ फिर्ता गर्न सकिनेछ। त्यसका लागि प्रधान कार्यालयले सबै विषयको जानकारी लिनेछ।

अनपेक्षित र शान देखाउनका लागि पनि कतिपय नेताले पिएसओ राख्ने गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्